प्रहरीद्धारा १८ जिहादी मारिए

सांकेतिक तस्बिर

बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन्।

प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरु’ मारिएका अधिकारीहरुले जनाएका छन्। सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

आक्रमणकारी जिहादीहरुले प्रयोग गरेका हातहतियार, मोटरसाईकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ। सैन्य अधिकारीहरुका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो।

देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरुको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ। हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट ९आइएससँग पनि नजिक रहेको बताइएको छ।

यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2019-11-21 14:02:50

प्रतिकृया दिनुहोस्