नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

तस्बिर:एजेन्सी

नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन्। यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो। यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ।

इजिप्टको भ्रमणमा रहेका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किएका छन्।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ।

प्रकाशित मिति: : 2019-12-13 17:53:34

प्रतिकृया दिनुहोस्