‘साइकल लेन’ लाई पुनर्जीवन दिने प्रयासः सडकमा रेखा कोर्दैमा कार्यान्यवयन होला ?

मेयर भन्छन्, ‘साइकलमैत्री सहर बनाएरै छाड्छौँ’

रातोपाटी

प्रयास श्रेष्ठ

ललितपुर। हिजोआज तपाईंहरुले ललितपुरको सडकलाई नियाल्नु भएको छ ? छैन भने एक पटक अवश्य ध्यान दिएर हेर्नुहोस् । केहि फरक दृष्यि देख्नुहुनेछ । तपाईंहरुले साघुँरो सडकको दुबैतर्फ साइकल लेन देख्नुहुनेछ ।

केहि दिन अघि मात्र ललितपुर महानगरपालिकाले साइकल नगर बनाउने भन्दै नगरभित्र साइकल लेनको शुरुवात ग¥यो । नगरलाई साइकलमैत्री तथा पर्यावरणमैत्री बनाउने भन्दै स्थानीय सरकारले नै साइकल लेन अभियान चलायो । थापाथली पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने सडकमा साइकल लेन छुट्याउने काम भयो । नगर प्रमुख चिरिबाबु महर्जनले भएकै सडकको दायाँ बायाँ लेन कोरेर साइकल लेनको उद्घाटन गरे । महानगरको यो प्रयासलाई साइकल चढ्ने देखि साइकल अभियन्ता तथा वातावरणविद्हरुले प्रशंसा गरे ।

प्रकाशित मिति: : 2019-12-20 21:27:42

प्रतिकृया दिनुहोस्