आइपीएलकाे याे सिजनकाे बिचमा ट्रान्सफर विन्डाे

इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनमा नयाँ प्रयोग गरिने भएको छ । जसमा सिजनको विचमा अन्तराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी एउटा टिमबाट अर्को टिममा ट्रान्सफर हुनेछन ।

यो नियम भारतीय र विदेशी खेलाडीका हकमा लागु हुनेछ । यसको अर्थ फुटबलमा जस्तो अब आइपीएलमा पनि ट्रान्फर विन्डो राखिने भएको छ । जसमा एउटा टिमले आफुले चाहेको खेलाडीलाई खरिद गर्न पाउनेछ । तर त्यसका लागि अर्को क्लव राजी हुनुपर्नेछ ।

यसका लागि ५ दिनको ट्रान्सफल विन्डो राखिएको छ । यस बर्ष अनक्याप खेलाडीका साथै क्याप जितिसकेका खेलाडी पनि समावेश हुनेछन । सिजनमा २८ खेल पछि यो विन्डो लागु हुनेछ । जसमा कुनैपनि खेलाडी कम्तिमा दुई खेलमा प्लेइङ सेटमा परेको हुनुपर्नेछ ।

विचमा हुने खेलाडी स्थानान्तरणको सबै जानकारी आइपीएल आयोजकलाई दिनुपर्ने हुन्छ । खेलाडीको किनबेचको रकम लगायत सबै जानकारी आयोजकलाई दिनुपर्नेछ ।

प्रकाशित मिति: : 2019-12-20 21:37:25

प्रतिकृया दिनुहोस्