विश्वका अन्य देशले भन्दा भारतले किन धेरै इन्टरनेट सेवा बन्द गर्छ

नागरिकतासम्बन्धी विवादास्पद कानुनको विरोधमा भारतभरि प्रदर्शनहरू भइरहँदा सरकारले आन्दोलन चर्किएका स्थानहरूमा इन्टरनेट बन्द गरिदिएको छ।

त्यसरी इन्टरनेट बन्द गरिएको यो पहिलो पटक हैन। भारत यो वर्ष विश्वमै सबैभन्दा धेरै इन्टरनेट सेवा बन्द गर्ने देश भएको छ।

"नागरिकता संशोधनसम्बन्धी विधयेक पारित भएको विषयलाई लिएर तपाईँहरूले केही चिन्ता लिनुपर्दैन भनेर म आसामका मेरा दाजुभाइ दिदीबहिनीलाई आश्वस्त पार्न चाहन्छु। म उनीहरूलाई आश्वस्त पार्न चाहन्छु- तपाईँहरूको अधिकार, पृथक् पहिचान र सुन्दर संस्कृति कसैले खोजेर लैजाँदैन। यो त फैलिनेछ र हुर्किनेछ," गत साता पूर्वोत्तर राज्यमा हिंसात्मक प्रदर्शन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर १२ तारिखमा यस्तो ट्वीट लेखेका थिए।

प्रकाशित मिति: : 2019-12-20 22:19:18

प्रतिकृया दिनुहोस्