पीपीएल : धनगढी र विराटनगरलाई जित्नैपर्ने दबाब, चितवनकाे लक्ष्य फाइनल

बिएल संवाददाता

पोखरा,पुस ६

पोखरा प्रिमियर लिग (पीपीएल) मा आइतबार दुई खेल हुँदैछ। 

पोखरा रंगशालामा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दा साढे १२ बजेपछि सुरु हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज खेल्नेछन्। 

प्लेअफको सम्भावना कायमै राख्न विराटनगरले आजको खेल जित्नैपर्छ, आज हार्दा विराटनगरको सम्भावना लगभग समाप्त हुनेछ। विराटनगरले खेलेका तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ।

प्रतियोगितामा अपराजित रहेको चितवन आजको खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ, पाराजित भएका अन्तिम खेल कुर्नुपर्नेछ। 

यस्तै अर्को खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन्। लिगको पुछारमा रहेको धनगढी आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ । उसले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ।

यता बुटवलले पनि यो खेल जित्नेपर्ने हुन्छ। प्लेअफमा पुग्न बुटवलले धनगढीलाई हराउनु पर्नेछ।

बुटवलले तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ। धनगढीले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ। 

प्रकाशित मिति: : 2019-12-22 21:32:09

प्रतिकृया दिनुहोस्