धनगढीद्वारा बुटवल ब्लास्टर्सलाई १ सय ४० रनको लक्ष्य

पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढीले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४१ रन बनायो।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सन्दीप जोराले ३९ रन जोड्दा सौरभ खनालले १० रन बनाए।

बुटवलका अविनाश बोहराले ४ विकेट लिए। यस्तै ललित भण्डारीले ३ विकेट लिए।

 लिगको पुछारमा रहेको धनगढी आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। उसले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ।

यता बुटवलले पनि यो खेल जित्नेपर्ने हुन्छ। प्लेअफमा पुग्न बुटवलले धनगढीलाई हराउनु पर्नेछ।

बुटवलले तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ। धनगढीले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ। 

प्रकाशित मिति: : 2019-12-23 03:33:18

प्रतिकृया दिनुहोस्