पीपीएल: पोखराद्वारा धनगढीलाई ८० रनको लक्ष्य

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा साविक विजेता पोखरा पल्टनले एक्स्पर्ट धनगढीलाई ८० रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस जितेर पहिले  ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अल आउट हुँदै ८० रन बनाएको छ। 

पोखराको लागि आरिफ शेखले सर्वाधिक ३२ रन बनाए। उनले २९ बलमा ४ चौंका प्रहार गरेका थिए। यस्तै विनोद भण्डारीले १२ रन बनाउँदा अरुले दोहोरो अंक छुन सकेनन्। 

बलिङमा धनगढीका अनिल खरेलले ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिए । सागर ढकाल र दीपक पुनियाले २/२ विकेट लिए।

पोखरा र धनगढीमध्ये हार व्यहोर्ने टिम प्रतियोगिताबाट बाहिरने छ भने जित्ने टिमले प्लेअफमा पुग्ने वा नपुगन्ने भन्ने अन्य खेलको नतिजा कुर्नुपर्ने छ।

साविक बिजेता पोखरालेपहिलो खेल काठमाडौं गोल्डेन वारियर्सलाई हराएपनि पछिका तीनै खेलमा हार व्यहोरेको थियो।

धनगढीले पहिलो खेल विराटनगर टाइटन्सलाई हराएको थियो भने पछिका तीनै खेलमा हार व्यहोरेको थियो।

प्रकाशित मिति: : 2019-12-24 01:37:29

प्रतिकृया दिनुहोस्