काठमाडौंलाई दियो चितवनले १ सय ६८ रनको लक्ष्य

चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो।

चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए।

यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए।

काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए।

जारी प्रतियोगितामा अपराजित एक मात्र टोली चितवन फाईनलमा पुगिसकेको छ। 

उता काठमाडौंको लागि प्लेअफ संभावना जिवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

जारी प्रतियोगितामा चितवनले चार खेलबाट ८ अंक जोडेको छ ।

समान खेलबाट ६ अंक जोडेको बुटवल ब्लास्टर्स दोस्रो स्थानमा रहेको छ भने काठमाडौं र धनगढीको ४–४ अंक छ।

साविक विजेता सशद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भने ५ खेलबाट २ अंक मात्रै बटुल्दै समुह चरणबाटै बाहिरिसकेको छ।

प्रकाशित मिति: : 2019-12-25 01:59:48

प्रतिकृया दिनुहोस्