नैतिकताले सरकारमा बसिरहन दिएनः यादव

समाजवादी पार्टीले सरकार छाडेको छ। सोमबार पार्टीको पदाधिकारी बैठकले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि  सरकार छाड्ने निर्णय गरेको हो।

सोमवार साँझको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादवले राखेको प्रस्तावका कारण सत्ता गठबन्धन भत्किएको हो। मन्त्री यादवले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन राखेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अगाडि बढाउन दिएनन्। त्यसको भोलिपल्ट मन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन्। संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन्।

पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ।’


 

प्रकाशित मिति: : 2019-12-25 04:07:38

प्रतिकृया दिनुहोस्