पीपीएल: विराटनगरलाई अन्तिम मौका

पोखरा प्रिमियर लिग (पीपीएल) मा लिग चरणको अन्तिम खेलमा बुधबार बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेलले इलिमिनेटर खेल्ने टिमको टुङ्गो लगाउनेछ।

पोखरा रंगशालामा बिहान साढे ११ बजेबाट सुरु हुने खेलमा बुटवलको लक्ष्य चौथो जित हुनेछ।

यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन। तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ।

सोही कारण वुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

लगातार पाँच खेलमा जित निकालेको चितवन फाइनलमा पुगिसकेको छ। बाँकी दोस्रो र तेस्रो स्थानमा रहने टिमको टुङ्गो यो खेलले लगाउनेछ। जसले फाइनल प्रवेशका लागि खेल्नेछन्।

आजको खेलमा बुटवल विजयी भएमा काठमाडौंले इलिमिनेटर खेल्नेछ। यदि विराटनगर विजयी भएमा रनरेटका आधारमा तेस्रो हुने टिमको टुङ्गो लाग्नेछ। आजको खेलमा रनरेट राम्रो गर्नका लागि विराटनगरले भारी अन्तरको जित निकाल्नुपर्नेछ।

लिग तालिकामा काठमाडौंको पाँच खेलमा चार अंक रहेको छ। उसको शून्य दशलमव ३९ रनरेट रहेको छ। समान चार अंकका साथ धनगढी ब्लुज चौथो स्थानमा छ। तर उसको रनरेट माइनस एक दशमलव शून्य ६९ रहेको छ।

त्यस्तै विराटनगरको चार खेलमा २ अंक छ। जसमा उसको रनरेट शून्य दशमलव १७५ रहेको छ। 
 

प्रकाशित मिति: : 2019-12-25 20:52:36

प्रतिकृया दिनुहोस्