पोखरामा बनेको भारत्तोलनको आधुनिक ट्रेनिङ हल (भिडियाेसहित)

१३ औं सागअन्तर्गत भारत्तोलनको सबै खेल पोखरामै सम्पन्न भएको थियो। यस हलमा सबै देशका खेलाडीले ट्रेनिङ गरेका थिए।

खेलनगरी पोखरामा १३औं दक्षिण एसियाली खेलकुदको पूर्वसन्ध्यामा भारत्तोलनको आधुनिक ट्रेनिङ हल तयार भएको छ।

१३औं सागअन्तर्गत भारत्तोलनको सबै खेल पोखरामै सम्पन्न भएको थियो। यस हलमा सबै देशका खेलाडीले ट्रेनिङ गरेका थिए।

पोखरामा बनेको यो ट्रेनिङ हल नेपालकै आधुनिक ट्रेनिङ हलमा पर्छ। काठमाडौंमा पनि एउटा आधुनिक ट्रेनिङ हल छ। तर, त्यो पुरानो भइसकेको छ। ट्रेनिङ सेन्टर निर्माणका लागि १७ लाख रुपैयाँ खर्च भएको कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष राजन बर्गामी बताउँछन्। 

यस हलमा ४ जना अट्ने साउनाको पनि व्यवस्था गरिएको छ। पोखराको बहुउद्देश्य कर्भड हलमा निर्माण भएको ट्रेनिङ सेन्टरका लागि भारत्तोलन प्रेमीले पहिले कोठाको झ्याल तथा सिसा उपलब्ध गराएका थिए। हलमा चेन्जिङ रुमको पनि व्यवस्था छ। 

पोखरामा बनेको भारत्तोलनको आधुनिक ट्रेनिङ सेन्टरले यहाँका खेलप्रेमी उत्साही छन्। ‘खेलाडी उत्पादनको दृष्टीकोणले पनि हामीलाई थप उर्जा मिलेको छ,’ बर्लामीले बिएल नेपाली सेवासँग भने। 

ट्रेनिङका लागि आवश्यक सामानहरू चीनबाट खरिद गरेर ल्याइएको छ। अध्यक्ष बर्लामीले निकट भविष्यमा सुविधा थप गर्दै लैजाने आफूहरूको योजना रहेको सुनाए। 
 

प्रकाशित मिति: : 2019-12-26 00:42:12

प्रतिकृया दिनुहोस्