विराटनगरलाई बुटवलले दियो १३४ रनको लक्ष्य

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सलाई १३४ रनको लक्ष्य लिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बुटवल ब्लास्टर्सले ७ विकेटको क्षतिमा १३३ रन बनाएको हो।

बुटवलका लागि हर्ष टोन्कले सर्वाधिक ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै शिवम् सिंहले ३७ रनको योगदान दिँदा अन्य खेलाडीले भने सम्झन लायक प्रर्दशन गर्न सकेनन्। 

यता सिदान्त लोहनीले ११ रन बनाए।

विराटनगरका जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे। यस्तै दिपेश श्रेष्ठ, शाहब आलमले समान १/१ विकेट लिए।

प्रकाशित मिति: : 2019-12-26 01:55:45

प्रतिकृया दिनुहोस्