ए डिभिजन लिग: ब्रिगेड ब्वाईज र मनाङ भिड्दै

सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदैछन्।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो खेल एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ।

लिगको शीर्षस्थानमा पुग्न मनाङलाई आजको खेलमा बराबरीनै पर्याप्त छ। उसको २ खेलबाट ६ अंक छ। मनाङ गोल अन्तरका आधारमा मछिन्द्र भन्दा पछाडी रहेको छ।

यस्तै ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुल्दै लिगको सातौं स्थानमा हरेको छ।

दशरथ रंगशालामा हुने संकटा र जावलाखेलबीचको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ।

अपराजित जावलाखेलको २ खेलबाट ४ अंकको रहेको छ।

जावलाखेललाई संकटाविरुद्ध जित निकाल्दै शीर्षस्थान उक्लने अवसर छ।

तर पहिलो खेलमा मनाङ पराजित भएको समिकरण तय हुनुपर्नेछ। संकटा एकमा जित र एकमा हार सहित लिगको आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-26 20:13:06

प्रतिकृया दिनुहोस्