अल्बानियामा एक महिनामा २२ सय पराकम्प

एजेन्सी

तिराना

अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन्।

गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो। त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ।

उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताए।

भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरुले जनाएका छन्। एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरु हजारौँ घरहरु भत्किएका थिए।  

प्रकाशित मिति: : 2019-12-28 04:31:51

प्रतिकृया दिनुहोस्