बिगबास लिग: डिलेइड स्ट्राइकर्ससँग मेलबर्न ५ रनले पराजित

बिगबास लिग क्रिकेटको तेस्रो खेलमा मेलबर्न स्टार्स ५ रनले पराजित भएको छ।

शुक्रबार भएको खेलमा डिलेइड स्ट्राइकर्सले दिएको १७४ रनको लक्ष्य पछ्छाएको मेलबर्न निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रनमा समेटियो।

मेलबर्नको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए उनले २५ बलमा ४ छक्का र एक चौंका प्रहार गरे।

यस्तै पिटर ह्यान्ड्सकबले ३४ र मार्कोस स्टोइनिस ले ३३ रन बनाए। यता नाथन कोल्टर निलले १९ र बेन डंकले १५ रन बनाए।

 एडिलेडका पिटर सिड्डलले ३ विकेट लिए भने रशिद खान, क्यामरुन भालेन्टे र वेस अगरले एक/एक विकेट लिए।        

यसअघि टस हारे पहिला ब्याटिङ गरेको एडीलेडले २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनाएको छ। 

एडीलेडका लागि जोनाथन वेल्सले सर्वाधिक अविजित ६८ रन बनाएका छन् भने कप्तान एलेक्स केरीले ४५ रन बनाए। 

त्यस्तै जेक वेदरलडले २१ रन बनाए। 

मेलवर्नका बलर डेल स्टेन, डानियल वोरेल, एडम जाम्पा र सन्दीप लामिछानेले एकरएक विकेट लिएका थिए।    

प्रकाशित मिति: : 2019-12-28 06:06:08

प्रतिकृया दिनुहोस्