न्यूयोर्कमा यहुदीहरूलाई लक्षित गरि छुरा प्रहार, थुप्रै घाइते

एजेन्सी

न्यूयोर्क

न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ।

न्यूयोर्क शहरको उत्तरमा रहेको मोन्सेमा अवस्थितएकजना यहुदी धर्मगुरुको घरभित्र हमला भएको जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ।

कम्तीमा पाँचजना घाइतेलाई अस्पताल पुर्‍याइएको उक्त काउन्सिलले जनाएको छ। ती सबै यहुदीहरू छन्।

हमलाको उद्धेश्य अझै खुलिसकेको छैन र हमलाकारीको पक्राउबारे समेत तत्काल केही स्पष्ट हुन सकेको छैन।

एउटा ट्वीटमार्फत् जेपीएसीले एकजना घाइतेलाई कम्तीमा छ पटक छुरा हानीएको उल्लेख गरेको छ। 

प्रकाशित मिति: : 2019-12-30 00:07:19

प्रतिकृया दिनुहोस्