४५ दिने प्रतिबन्धपछि अन्जन र सन्ताेष मैदानमा उत्रँदै

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रतिबन्धमा परेका सन्तोष तामाङ र अन्जन विष्ट यही हप्तादेखि मैदान फर्कने भएका छन्।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले राष्ट्रिय फुटबल टिमका सदस्य रहेका सन्तोष र अन्जनलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिवाना गरेको थियो।  

एन्फाले लगाएको ४५ दिने प्रतिबन्ध बुधबारदेखि सकिने भएकाले उनीहरु यही हप्तादेखि मैदान फर्कने भएका हुन्। प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत चौथो चरणको खेलबाट मैदान फर्कने छन्।

त्रिभुवन आर्मी क्लबका सेन्टर मिडफिल्डर सन्तोष बुधबार थ्री स्टारविरुद्ध मैदान उत्रने छन्। मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर अन्जन भने शनिबारदेखि खेल्नेछन्।

प्रकाशित मिति: : 2020-01-01 20:00:54

प्रतिकृया दिनुहोस्