हेलिकोप्टर दुर्घटनामा ताइवानका सेनापतिसहित ८ जनाकाे मृत्यु

एजेन्सी

काठमाडाैं

हेलिकोप्टर दुर्घटनामा परी ताइवानका सेनापतिको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

प्रधानसेनापति सेन यी मिङ हेलिकोप्टर चढेर  बिहीबार उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकसँग भेट गर्न गएका थिए। वायु सेनाको ब्ल्याक हक हेलिकोप्टरमा प्रधान सेनापति मिङसहित १३ जना सवार थिए।

 ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको थियो। सोहि क्रममा दुर्घटना भएको जनाइएको छ। उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-03 02:15:39

प्रतिकृया दिनुहोस्