जनवरी १ मा सबैभन्दा बढी शिशु भारतमा जन्मिए, चीन दोस्रो

१ जनवरीमा भारतमा मात्र १७ प्रतिशत शिशु जन्मिएको युनिसेफले सार्वजनिक गरेको रिपोर्टमा बताइएको छ। 

एजेन्सी

काठमाडाैं

सन् २०२० को आगमनको दिन भारतमा सबैभन्दा बढी शिशुकाे जन्म भएको युनिसेफले जनाएको छ। 

१ जनवरीमा भारतमा मात्र १७ प्रतिशत शिशु जन्मिएको युनिसेफले सार्वजनिक गरेको रिपोर्टमा बताइएको छ। 

सन् २०२० को पहिलो दिन विश्वभरी ३ लाख ९२ हजार ७८ शिशुको जन्म भयो। जसमा भारतमा मात्र ६७ हजार ३ सय ८५  जन्मिएको रिपोर्टमा बताइएको छ। भारतपछि चीनमा सर्वाधिक शिशु जन्मिएका थिए। 

चीनमा ४६ हजार २ सय ९९ शिशु जन्मिए। तेस्रो नम्बरमा नाइजेरिया रहेको छ। जहाँ २६ हजार ३९ शिशुको जन्म भयो।

चौथो नम्बरमा पाकिस्तानमा १६ हजार ७ सय ८७ शिशु जन्मिएका थिए। 

यस्तै, पाँचौ नम्बरमा इन्डोनेशिया रहेको छ। यहाँ १३ हजार २०, छैटौंमा अमेरिका १० हजार ४ सय ५२, सातौंमा कंगो १० हजार २ सय ४७ र आठौंमा इथियोपिया ८ हजार ४ सय ९३ शिशु जन्मिएका थिए। 

युनिसेफको रिपोर्टअनुसार २०२० को आरम्भमा पहिलो शिशु फिजीमा जन्मिएको थियो भने अन्तिम शिशु अमेरिकामा।

युनिसेफले अंग्रेजी वर्षको पहिलो दिनलाई निकै राम्रो मान्छ र यो दिन जन्मिने शिशुसँग विशेष उत्सव मनाउने गर्छ। 

सन् २०१८ मा जन्मिएका शिशुमा पहिलो महिना नै २५ लाखले ज्यान गुमाएका थिए। युनिसेफको रिपोर्टअनुसार पछिल्लो तीन दशकमा शिशु मृत्यु दरमा राम्राे सुधार आएको छ। ५ वर्षमुनिका शिशुको मृत्यु दर घटेर आधा भएको छ। तर, नवजात शिशु मृत्यु दर भने सन्तोषजनक छैन। २०१८ मा नवजात शिशुको मृत्यु दर ४७ प्रतिशत थियो। 

प्रकाशित मिति: : 2020-01-03 05:32:30

प्रतिकृया दिनुहोस्