एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लियाे

एट्लेटिको मड्रिडले स्पेनिस लिग ला लिगामा जित निकालेको छ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले लेभान्तेमाथि २–१ गोल अन्तरको जित निकालेको हो। एट्लेटिको जितमा एन्जिल कोरिया र फिलिपले एक एक गोल गरे। यता लेभान्तेका लागि रोजर मार्टीले एक गोल गरे।

खेलको १३ औं मिनेटमा कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि रोजर मार्टीले खेल बराबरीमा ल्याए।

त्यसको दुई मिनेटपछि फिलिपले हेडमार्फत गोल गर्दै एट्लेटिकोलाई जित दिलाए।

जितसँगै एट्लेटिको ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सेभिल्लाको समेत समान ३५ अंक छ।

तर गोल अन्तरका आधारमा एट्लेटिको माथि छ। लेभान्ते २६ अंक सहित नवौं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-01-05 21:01:43

प्रतिकृया दिनुहोस्