कारबाओ कप: म्यान्चेष्टर डर्बीमा सिटीको शानदार जित

कारबाओ कपको म्यान्चेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको पहिलो लेगको खेलमा सिटीले घरेलु टोलीलाई ३–१ गोल अन्तरले हराएको हो। सिटीको जितमा बर्नार्डो सिल्भा, रियाद महरेजले एक एक गोल गरेका थिए। युनाइटेडका आन्द्रेस परेराले एक आत्मघाति गोल उपहार दिए। मार्कुस रासफार्डले युनायटेडका लागि एक गोल गरेको थियो।

सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो।

खेलमा अग्रता सिटीले १७ औंं मिनेटमा सिल्भाको गोलबाट लिएको थियो। ३३ औंं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अगाडी बढाउने काम गरे।

युनाइटेडका परेराले आत्मघाति गोल गरेपछि सिटी पहिलो हाफमै ३–० को अग्रता लियो।

युनाइटेडका रासफार्डले ७० औंं मिनेटमा गोल गर्दै ३–१मा खेल सक्काए।

शहरी प्रतिद्धन्दीमाथि प्रभावशाली जित निकाल्दै सिटीले सेमिफाईनलको दोस्रो लेग अगाडी आफुलाई बलियो बनाएको छ। दोस्रो लेगको खेल जनवरी २९ मा सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा हुनेछ।

प्रकाशित मिति: : 2020-01-08 20:22:36

प्रतिकृया दिनुहोस्