इरानसँग लड्न अमेरिकाले लञ्च गर्यो ५० बढी सशस्त्र लाइटनिङ–सेकेन्ड विमान

इरानलाई चेतावनी दिने उद्देश्यले अमेरिकाको एक्टिभ ड्यूटी ३ सय ८८ औं र रिजर्भ ४ सय १९ औं फाइटर विङ्सले अभ्यास गरेका थिए।

बिएल संवाददाता

न्युयाेर्क

अमेरिका र इरानको विवादका बीच अमेरिकी वायु सेनाले एक पल्ट ५० भन्दा बढी सशस्त्र लाइटनिङ–सेकेन्ड लञ्च गरेको छ। अमेरिकाले यो तयारी इरानविरूद्ध घोषित आक्रमणलाई ध्यानमा राखेर गरेको हो। 

अमेरिकी यी विमानले उटाहको हिल एयर फोर्स बेसबाट उडान भरेका छन्। विमानको मूल्य ५२ बिलियन डलर बताइएको छ। विमानलाई एफ–३५ए नामाङ्करण गरिएको छ। 

अमेरिकी वायु सेनाले मंगलबार सशस्त्र लाइटनिङ द्धितिय सैनिकहरूको बीच यसलाई लञ्च गरेको थियो। यो विमान एकै संकेतमा एकै साथ उडान भर्न र दुश्मनको रणनीतिक क्षेत्रलाई ध्वस्त पार्दै हमला गर्न माहिर मानिन्छन्। 

इरानलाई चेतावनी दिने उद्देश्यले अमेरिकाको एक्टिभ ड्यूटी ३ सय ८८ औं र रिजर्भ ४ सय १९ औं फाइटर विङ्सले अभ्यास गरेका थिए। ४ सय १९ औं फाइटर विङ्सले अभ्यासपछि ट्वीट गरेको छ, ‘हामी उडान भर्न, लडन र जित्नका लागि तयार छौं।’ 
 

प्रकाशित मिति: : 2020-01-08 20:45:08

प्रतिकृया दिनुहोस्