तराई–मधेसमा मिटर ब्याजीको बिगबिगी, पोल खोले मार्ने धम्की

काठमाडौं ।  तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ । केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । सो घटना सेलाउन नपाउँदै सर्लाहीमा भएको मिटर ब्याजको अर्को धन्दाले तराई–मधेसमा यसको बिगबिगी रहेको खुलासा भएको हो । तराईका विभिन्न जिल्लामा हजारौंको संख्यामा मिटर ब्याजी रहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन् । ‘यो त सामान्य टे«लर मात्रै हो, यसरी ब्याजमा ठगी गर्नेहरू हजारौं छन्,’ जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक अधिकृतले भने ।
 

प्रकाशित मिति: : 2020-01-09 20:35:01

प्रतिकृया दिनुहोस्