युनाइटेडका डिफेन्डर मागुइरे लामो समय मैदान बाहिर रहने

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मागुइरे लामो समय मैदान बाहिर रहन सक्ने भएका छन्। एफए कप अन्तर्गत वुल्भ्सविरुद्धको खेलमा उनले हिपको चोट बोकेका थिए।

युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले ह्यारी लामो समय मैदान बाहिर रहने बताएका छन्।

चोटको कारण ह्यारीले काराबाओ कपको सेमिफाइनलको पहिलो लेग समेत गुमाएका थिए। 

मागुइरे लेस्टर सिटीबाट म्यानचेस्टरमा कीर्तिमानी रकममा आएका थिए।

युनाइटेडले मागुइरेका लागि ८० मिलियन पाउण्ड खर्च गरेको थियो। 

यसअघि भर्जिल भ्यान डाइकलाई साउथह्याम्टनबाट एन्फिल्ड भित्राउँदा लिभरपुलले ७५ मिलियन पाउण्ड खर्चिएको थियो।
 

प्रकाशित मिति: : 2020-01-10 04:31:41

प्रतिकृया दिनुहोस्