पुरानो लुगाहरुबाट सिरक र डसना बनाउन भ्याइनभ्याइ !

मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रहरुमा रुवाबाट डसना र सिरक बनाउन थालेपछि पुरानो लुगाहरुको सदुपयोग हुन थालेको छ । 

अहिले नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट रुई पिन्ज मेसिनको माध्यमबाट पुराना लुगा,पेन्ट,सट,साडी,कुर्ता सुरुवाल लगायतका कपडाहरु रुवा निकाल्न थालेपछि लुगाहरुको सदुपयोग हुन थालेको हो। 

रंगेली नगरपालिका ७ घर भएका रोहित खानले रुई पिन्ज मसिन ३ लाख ५० हजारमा खरिद गरेर ल्याएर जाडो याममा ३ जना युवाहरुलाई रोजगारी समेत दिएको बताए। 

अहिले उनी मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजार नजिकै मेसिनको सहयोगमा सिरक,डसना र सिरानी बनाउन व्यस्त रहेका छन्। 'रुई पिन्जा मेसिनमा पुरानो लुगाहरुलाई प्रतिकेजी २० रुपैयाँको दरले बेच्ने गरेको छु।' उनले भने 'दैनिकी खर्च काटेर २ देखि ४ हजार रुपैयाँसम्म आम्दानी हुन्छ।'

अहिले रंगेली आसपासमा ५ देखि १० बटा रुई पिन्ज संचालन गरेका छन्।   

प्रकाशित मिति: : 2020-01-10 06:04:44

प्रतिकृया दिनुहोस्