ह्यारी केनले छाडे मैदान!

टोटेनह्यामका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन्। २६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए।

ह्यामस्ट्रिङको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने क्लबले पुष्टि गरेको हो।

उनी चार महिनाका लागि मैदानबाहिर हुने भएपछि प्रशिक्षक जोसे मोउरिन्होलाई भने तनाव भएको छ। टोटेनह्यामका गोल मेसिन नै नभएपछि क्लबले सुधारिएको खेल प्रदर्शन गर्न झन् कठिन हुने उनले बताएका छन्।

उनले भनेका छन्, केनको स्थान कसैले पनि लिन सक्दैन।

क्लबले उनी अप्रिलमा ट्रेनिङमा फर्कने बताएको छ।

उनको विकल्पमा साउथह्याम्पटनका स्ट्राइकर ड्यानी इंग्सलाई अनुबन्ध गर्ने तयारी भइराखेको बताइएको छ ।

उनी सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र मैदान देखिनेछन्।

टोटेनह्याम प्रिमियर लिगको छैटौ स्थानमा छ। 

प्रकाशित मिति: : 2020-01-10 20:59:02

प्रतिकृया दिनुहोस्