पाकिस्तानको मस्जिदमा विष्फोट, डीएसपीसहित १४ जनाको मृत्यु

एजेन्सी

काठमाडौं

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्।

पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको जनाएको छ। क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ। जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन।’

घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको छ।

प्रकाशित मिति: : 2020-01-11 20:47:32

प्रतिकृया दिनुहोस्