परवेज मुसर्रफको मृत्युदण्ड उच्च अदालतद्वारा रद्द

एजेन्सी

काठमाडौं
तस्वीर: एपी

पाकिस्तानी सैन्य शासक परवेज मुसर्रफलाई विशेष अदालतले देशद्रोहको अपराधमा सुनाएको  मृत्युदण्डको फैसला उच्च अदालतले रद्द गरिदिएको छ ।

सोमबार लाहोर उच्च अदालतले ‘असंवैधानिक’ भन्दै उक्त मृत्युदण्डको फैसला रद्द गरेको हो ।

उच्च अदालतले मुसर्रफले दायर गरेको याचिकामाथि सुनुवाई गर्दै उनीमाथि लगाइएको राजद्रोहको मुद्दा नै कानून संवत नभएको बताएको छ ।

न्यायधीश सेयद मजार अली अकबर नकवी, मोहम्मद अमिर भट्टी र चौधरी मसूद जहाँगीरको संयुक्त इजालसले यो फैसला सुनाएको हो । फैसलामा भनिएको छ,"मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन् ।"

दुबईमा उपचार गराइरहेका मुसर्रफले मृत्युदण्डको फैसलालाई बदला लिन खोजको भन्दै उच्च अदालत गएका थिए । साथै पाकिस्तानी सेनाले पनि यसप्रति असन्तुष्टि प्रकट गरेको थियो ।

प्रकाशित मिति: : 2020-01-14 00:37:18

प्रतिकृया दिनुहोस्