थ्री स्टार क्लबमा थप तीन नयाँ खेलाडी अनुबन्धन

ललितपुरे क्लब थ्री स्टारले तीन नयाँ खेलाडी अनुबन्धन गरेको छ। थ्री स्टारले घरेलु फुटबलका दुई युवा खेलाडी सहित एक एसियन कोटामा भारतका एक खेलाडी अनुबन्धन गरेको हो।

थ्री स्टारले अनुबन्धन गरेको खेलाडीमा भारतको मिजोरम जिल्लास्थित मिजोरम फुटबल संघका कप्तान लालरम्बाविया तथा घरेलु फुटबलका युवा खेलाडी संजोक राई र निशान खड्का रहेका छन्। संजोक र निशानले गत सिजन च्यासलबाट खेलेका थिए।

मिजोरममा लिग सकिए लगत्तै लालरम्बाविया थ्री स्टारमा अनुबन्धित भएका हुन्। संयोक र निशान कारबाही फुकुवा हुँदै घरेलु फुटबलमा फर्किएका हुन्। दुवै खेलाडी अर्को क्लब झापा ११ बाट मोफसलको प्रतियोगिता खेल्न पुगेका थिए।

सोही कारण अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीलाई ६ महिना फुटबल गतिविधिबाट निलम्बन गरेको थियो।

थ्री स्टारले तीन जनै खेलाडीलाई शनिबार हुने मनाङविरुद्वको खेलमा मैदान उतार्ने तयारी गरेको छ। थ्री स्टारले ६ खेलको समाप्तिमा ३ जित, २ बराबरी र १ बराबरी खेल्दै १० अंक जोडेको छ। थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-18 21:53:18

प्रतिकृया दिनुहोस्