कासिमिरोको शानदार खेल प्रर्दशनमा मड्रिडकाे जित

कासिमिरोको शानदार खेल प्रर्दशनको मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा मड्रिडले सेभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। मड्रिडको जितमा कासिमिरो नायक बने । दुवै गोल उनले गरे । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

पहिलो हाफ गोल रहित बराबरी सकेको खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो। खेलको ५७ औं मिनेटमा मड्रिडका लागि कासिमिरोले गोल गरेका थिए। तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। ६४ औं मिनेटमा सेभियाका जोङले खेल बराबरीमा ल्याए।

त्यसको पाँच मिनेट भित्र नै मड्रिडले खेलमा पुनः अग्रता लियो। उसका लागि कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को झिनो जित दिलाए।

जितसँगै शीर्ष स्थानमा रहेको मड्रिडले २० खेलबाट १२ मा जित,७ बराबरी र १ हारसहित ४३ अंक बनाएको छ। यता पराजित भएको सेभिल्लाको समान खेलबाट ३५ अंक बनाएको छ। १० मा जित,५ खेलमा बराबरी र ५ चौँ खेलमा हार खेपेको सेभिल्ला ३५ अंकसहित लिगको चौँथो स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-19 11:30:10

प्रतिकृया दिनुहोस्