सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल सेफिल्ड युनाइटेडसँग बराबरीमा राेकियाे

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनल सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ४५ औं मिनेटमा ग्राबियल मार्टीनेलीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो। तर, खेलको ८३ औं मिनेटमा जोन फ्लिकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए।

बराबरीसँगै आर्सनलले २३ खेलबाट २९ अंक बनाएको छ। ६ जित,६ हार र ११ खेल बराबरी खेलेको आर्सनल लिगको १० औं स्थानमा रहेको छ। यता सेफिल्ड समान खेलबाट ३३ अंकको साथ ७ औं स्थानमा रहेको छ। उसले ८ जित,६ हार र ९ बराबरी खेलेको छ।

प्रकाशित मिति: : 2020-01-19 12:02:37

प्रतिकृया दिनुहोस्