जर्मन बुन्डेस लिगा: बोरुसिया डर्टमण्डकाे सहज जित, डेब्यु खेलमै हालाण्डले गरे ह्याट्रिक

जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ।

अग्सवर्गको मैदानमा शनिबार भएको खेलमा डर्टमण्डले ५–३ गोल अन्तरले जित हात पारेको हो। डर्टमण्डको जितमा डेब्यु खेलाडी अर्लिङ हालाण्डले ह्याट्रिक गरे। यस्तै जाडोन सान्चो र जुलियन ब्राण्टले एक एक गोल गरे। घरेलु टोलीका फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे। मार्को रिट्चरले एक गोल गरे।

खेलको ३४ औं मिनेटमा घरेलु टोली अग्सवर्गले निडेरलिच्नर गोल मार्फत अग्रता लिएको थियो।  पहिलो हाफको इन्जिुरी समयमा रिट्चरले गोल गर्दै अग्सवर्गको अग्रता दोब्बर बनाए। 

पहिलो हाफमा ०–२ गोलले पछि परेको डर्टमण्डले दोस्रो हाफमा उत्कृष्ट खेल प्रर्दशन गर्यो। ४९ औं मिनेटमा ब्राण्टले गोल गर्दै खेल २–१ मा ल्याए। तर ५५ औं मिनेटमा निडेरलिच्नरले फेरी घरेलु टोलीमा अग्रता दिलाए। 

५९ औं मिनेटमा हालाण्डले गोल गर्दै खेल ३–२ मा ल्याए। त्यसको २  मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई ३–३ को बराबरीमा पुर्याए। त्यसपछि खेलको ७० र ७९ औं मिनेटमा गोल गर्दैहालाण्डले डर्टमण्डलाई ३–५ गोल अन्तरको जित दिलाए।

जितसँगै डर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ। डर्टमण्ड लिगको चौंथो स्थानमा रहेको छ।

अग्सवर्ग २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-19 19:25:56

प्रतिकृया दिनुहोस्