ए डिभिजन लिग: आइतबार दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ तथा दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ।

एनआरटी र एपीएफबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ। खेल मध्यान्न १२ बजे सुरु हुनेछ।

न्युरोड टिम एनआरटीविरुद्ध मैदान उत्रदै गर्दा एपीएफ दोस्रो जितको खोजीमा हुनेछ।

एपीएफले १ खेलमा जित, ३ खेलमा हार र २ मा बराबरी गरेको छ। एनआरटी भने चौथो जित निकाल्न चाहन्छ। उसले ३ खेलमा जित, २ मा हार र १ मा बराबरी गरेको छ।

दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वती दशरथ रंगशालामा भिड्नेछन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

फ्रेण्ड्स दोस्रो जितको खोजीमा छ। सरस्वती पहिलो जित निकाल्न चाहन्छ।

तालिकाको पुछारको सरस्वतीले ५ हार र एक बराबर गरेको छ।

फ्रेन्ड्स १ जित, ३ हार र २ बराबरी सहित तलिकाको १२ औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-01-19 21:33:47

प्रतिकृया दिनुहोस्