ए डिभिजन लिग: फ्रेन्ड्स क्लबकाे सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं

शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले पुछारको क्लब सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले हराएको हो।

फ्रेन्ड्सलाई जितमा उत्तम राईले दुई गोल गरे। यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे। सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए।

फ्रेन्ड्सले पाँचौं मिनेटमा उत्तमको गोलबाट अग्रता बनाएको थियो। खेलको २४ औं मिनेटमा फ्रेन्ड्सले अग्रता दोब्बर बनायो। ब्राजिलियन साउलोले हेड गोल गर्दै फ्रेन्ड्सको अग्रता २–० को बनाए।

दोस्रो हाफमा पनि फ्रेन्ड्सले गोलको क्रमलाई निरन्तरता दियो। खेलको ७० औं मिनेटमा कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता ३–० को बनाए। 

८० औं मिनेटमा सरस्वतीका बुसारीले हेड गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए। तर, ८६ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को सहज जित दिलाए। 

जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ। फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ। सरस्वतीको लिगमा यो छैटौं हार हो। लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-01-20 06:25:20

प्रतिकृया दिनुहोस्