फरवार्ड ईडिन्सन काभानीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न चाहेको बताएका छन्।
स्पेनिस क्लब एट्लेटिको मड्रिडको प्रस्तावसंगै काभानीले पीएसजीलाई क्लब छाड्न चाहेको बताएका हुन्। यसै विन्टर मार्केटमा ३२ वर्षीय काभानी एथ्लेटिकोसँग ३ वर्षे सहमति गर्नका लागि इच्छुक रहेको मार्काले जनाएको छ।
३२ बर्षका फरवार्डले चालू सिजनमा थोरै मात्र अवसर पाएका छन्। कभानिले यस सिजनको लिग वानमा १४ खेल खेल्दा २ गोल गरेका छन्। मौरो ईकार्डी लोनमा ईन्टर मिलानबाट पीएसजी आएपछि काभानीलाई टिममा परेका छैनन्।
'यो सत्य हो, उनले क्लब छाड्ने बिषयमा सोधेका छन्।' क्लबका स्पोर्टिङ डाईरेक्टर लियोनार्दोले भनेका छन्।' हामी बिषयको अध्ययन गरिरहेका छौ।' उनले थपे,'यो पनि सत्य हो, उनलाई एट्लेटिको मड्रिडले प्रस्ताव गरेको छ।'
सुपरकोपाको फाइनलमा रियल मड्रिडसँग पेनाल्टि शुटआउटमा ४–० ले हारेको एथ्लेटिकोले अर्को सिजन उत्कृष्ठ खेल प्रर्दशन गर्ने दाउमा छ।यसअघि उसले एन्टोनी ग्रिजम्यान बेचेर पोर्चुगलका युवा स्ट्राइकर जाओ फिलिक्स भित्र्याएको थियो।