सेमिफाइनलमा न्यू डायमण्ड र आर्मी भिड्ने

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा जारी पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाइनल समिकरण पुरा भएको छ। 

मंगलबार सम्पन्न ग्रुप ए मा दुई विभागिय टोली विचको प्रतिस्पर्धामा एपिएफले सेनाको त्रिभुवन आर्मी क्लव(टिएसी) माथि ३ – १ को जित निकाल्दै समूह बिजेता बन्न सफल भयो। एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अंकले पराजित गरेको हो। दुवै टिम यस अघिनै सेमिफाइनल प्रवेश गरिसकेका थिए।

महिलाकै समूह बीको प्रतिस्पर्धामा न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब विचको खेलमा न्यू डायमण्डले जित निकाल्यो। न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो। यसका साथै न्यू डायमण्ड समूह बिजेता बन्दै सेमिफाइनलमा सेनासँगको भिडन्त पक्का ग¥यो।

अव सेमिफाइनलमा एपिएफले समूह बीको उपबिजेता अर्को बिभागिय टोली नेपाल पुलिस क्लबसँग र टिएसीले समूह बीको बिजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको पुरुष तर्फ लिगको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन्। एपिएफले ग्रुप बी मा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई २५–१४, २५–१०, २५–०९ को सोझो  सेटमा पराजित गर्दै ६ अंक सहित समूह बिजेता भयो। यस्तै पुलिसले पनि समूह सी को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई  २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह बिजेता बन्न सफल भयो।

यसका साथै पुरुष तर्फ क्वाटरफाईनको समिकरण पुरा भएको छ। पुरुष तर्फ क्वाटरफाइनलमा समूह ए को बिजेता सेनाको टिएसीले समूह सी को उपबिजेता मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

यस्तै समूह बीको बिजेता एपिएफले समूह डीको उपबिजेता बुद्धटोल युवा भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ। समूह सीको बिजेता नेपाल पुलिस क्लबले समूह एको उपबिजेता नयाँबजार सामाजिक युवा क्लबसँग तथा समूह डी को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बीको उपबिजेता बुलबुले रारा क्लबसंग प्रतिस्पर्धा गर्ने भएका छन्।

बुधबार पुरुष तर्फको क्वाटरफाइनलका खेलहरु हुने छन्। 
 

प्रकाशित मिति: : 2020-01-22 06:34:09

प्रतिकृया दिनुहोस्