सञ्चारमाध्यममा मेगनका तस्बिर प्रकाशित भएपछि कारवाही गर्ने चेतावनी

एजेन्सी

काठमाडाै‌ं

क्यानडाका सञ्चारमाध्यममा मेगनका तस्बिर प्रकाशित भएपछि कारवाही गर्ने चेतावनी दिएका छन्। ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्।

वकिलहरूका अनुसार सोमबार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसँग हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो। उक्त तस्बिर डचिस अफ ससिक्सले फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए।

उनीहरूले अनुमति नलिई त्यसरी तस्बिर खिचेर फोटोग्राफरहरूले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ। ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन्।

उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ। वकिलहरूका अनुसार पापाराजीहरूले लामो दूरीको तस्बिर खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका तस्बिर खिच्ने प्रयास समेत गरिसकेका छन्।

ब्रिटिश कोलम्बियाको कानुन अनुसार डचिस अफ ससिक्सले आफ्नो गोपनियता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्छिन्। तर क्यानडाली नियमकानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुनिश्चित गरेको छ।
 

प्रकाशित मिति: : 2020-01-23 03:55:00

प्रतिकृया दिनुहोस्