स्पेनिस ला लिगाकाे २१औं खेलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना पराजित भएको छ।
भ्यालेन्सियाको घरेलस मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना २–० ले पराजित भएको हो। भलेन्सियाको जितमा म्याक्सी गोमेजले एक गोल गरे भने एक गोल बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो। ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट बचाउ गरे।
भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो। उसले बार्सिलोनाका जोर्डी अल्बोको आत्मघाती गोलमार्फत अग्रता लिएकाे हाे।
७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीलाई २–० काे जित दिलाए।
बार्सिलोनाका कप्तान लियोनल मेसी यस खेलबाट मैदान फर्किएका थिए। यसअघिको खेलमा मैदानबाहिर रहेका आज मैदान प्रवेश गरेका हुन्।
हारसँगै बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ।
दोस्रो स्थानको रियल मड्रिडको पनि समान ४३ नै अंक छ।
रियल मड्रिड गोलान्तरको आधारमा दोस्रो स्थानमा रहेको हो। उसले सोमबार बिहान आफ्नो २१औं खेल खेल्दैछ।
त्यस्तै भलेन्सियाको भने २१ खेलमा ३४ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।