‘द हर्मिटेज हाेम’ : जहाँ युएनदेखि पूर्व सरकारी कर्मचारीसम्म उपचार गराउँछन् (भिडियोसहित)

अहिले उनको संस्थामा १७ जना बिरामी उपचार गराइरहेका छन्। विदेशमा बसोबास गर्ने परिवारले पनि आफ्नो बाबुआमाको राम्रो रेखदेख हुने भएर यहाँ राखेका छन्।

बाहिरबाट झट्ट हेर्दा बृद्धाश्रम झै लाग्छ, काठमाडौंको नक्सालमा अवस्थित ‘द हर्मिटेज होम’। तर, भित्र प्रवेश गरेपछि थाहा हुन्छ, ती बृद्धाहरू बसोबास गर्ने ठाउँ बृद्धाश्रम नभएर स्यहार केन्द्र हो। 

६ वर्षअघि ज्ञानु आचार्यलाई अस्ट्रेलियाबाट आएकी उनको साथीले बृद्धबृद्धाका लागि स्यहार केन्द्र स्थापना गर्न सुझाव दिएकी थिइन। यसपछि उनले विदेशमा बृद्धबृद्धालाई कसरी स्यहार केन्द्रमा राखिँदो रहेछ भनेर अध्ययन गरिन। र, अन्त्यमा जेष्ठ नागरिकका लागि सःशुल्क संस्था खोल्ने विचार गरिन। 

अहिले उनको संस्थामा १७ जना बिरामी उपचार गराइरहेका छन्। विदेशमा बसोबास गर्ने परिवारले पनि आफ्नो बाबुआमाको राम्रो रेखदेख हुने भएर यहाँ राखेका छन्। उनको स्यहार केन्द्रमा नेपाल सरकारका पूर्व कर्मचारीदेखि युएनमा काम गरिसकेका र व्यापारीले स्वास्थ्य लाभ गराइरहेका छन्। 

केही बृद्धबृद्धा स्वास्थ्य लाभ गराएर पनि गइसकेका छन्। बिरामी आमाबुवा पनि यो ठाउँमा आएर आफूले स्वास्थ्य लाभ गरेको बताउँछन्। 

अहिलेको भागदौड पूर्ण जीवनमा र सानो परिवार भएका व्यक्तिहरू आफ्नो आमाबुवाको राम्रो हेरचाहका लागि स्तरीय स्यहार केन्द्रको खोजीमा हुन्छ। यसको पूर्ति ‘द हर्मिटेज होम’ ले गरेको अध्यक्ष आचार्यको भनाई छ। ‘यहाँ विदेशमा बसोबास गर्ने परिवारका बृद्धबृद्धा तथा यहाँ घरमा समय दिन नसक्ने परिवारका सदस्यले आफ्नो आमाबुवाको राम्रो हेरचाह हुन्छ भन्ने विश्वासमा ल्याउँछन्,’ उनले भनिन्, ‘विदेशमा बसेपनि यहाँ भएपनि आमाबुवाको माया सबैलाई हुन्छ। तर, विभिन्न कारणले समय दिन नसक्दा र परिस्थितिका कारण टाढा बस्नु पर्दा आमाबुवाको स्वास्थ्यमा कुनै किसिमको लापरवाही नहोस् भनेर यहाँ ल्याउनु हुन्छ।’

यहाँ बसोबास गर्ने जेष्ठ नागरिकले पनि आफ्नो राम्रो हेरचाह हुने गरेको बताउँछन्। स्वास्थ्य अवस्था ठिक भएर उनीहरूको घरपरिवारसँग बस्ने चाहना भने यथावत छ। 


 

प्रकाशित मिति: : 2020-01-27 07:36:38

प्रतिकृया दिनुहोस्