नाकले काव्य लेख्छन् दर्शन

म आकाशमा स्वतन्त्र वेग भर्न सक्दिनँ
म मीठो बोलीले संसारलाई आकर्षित गर्न सक्दिनँ
तर म आँसुका धारा खसाल्दिनँ, यदि खसालें भने सायद यो धर्ती भरिनेछ।

उनी प्रायः सेक्सपियरलाई पढ्छन्। डिक्सनरी पल्टाउँछन् र नाकले अंग्रेजी छन्द लेख्छन्। माथि उल्लेख गरिएका हरफहरू उनीद्वारा दुई वर्षपहिले लेखिएको र उनलाई मनपर्ने कविताबाट लिइएका हुन्। नाकले लेख्दा कठिन र अत्यधिक समय लाग्ने हुन्छ। तर शारीरिक दुर्बलताबाट मुक्त हुँदै बाँकी विश्वसँग जोडिने यो नै उनको एक मात्र माध्यम हो।

२१ वर्षीय दर्शन केसी ‘शंकु’ बाल्यावस्थामै अर्थात् एक वर्षको हुँदा नै मस्तिष्क पक्षाघात (सेरेबल पल्सी) बाट पीडित भए। त्यसले गर्दा उनको शरीर स्थायी रूपमै हलचल गर्न नसक्ने अवस्थामा पुग्यो। बाल्यावस्थामै उनको खुसी खोसियो। यति मात्र होइन, सात वर्षको हुँदा उनले आमालाई समेत गुमाउनुप-यो। डिप्रेसन र उच्च रक्तचापकी बिरामी उनकी आमाले आत्महत्याको बाटो रोजेर दर्शनलाई थप बेसहारा बनाइन्। त्यसपछि उनका बाबु नीरबहादुर केसी नै उनका एक मात्र सहारा हुन्।

प्रकाशित मिति: : 2020-01-28 22:22:52

प्रतिकृया दिनुहोस्