अध्यागमनको आमूल सुधारमा पहिलोपटक ‘नेपाली पोर्ट’, नेपाल भित्रने र बाहिरिनेको औंठाछाप र आँखाको नानीको रेकर्ड रहने

काठमाडौं। नेपाल भित्रने तथा बाहिरिने विदेशीको बायोमेट्रिक प्रणालीबाट औंठाछापसहित आँखाको नानीको रेकर्डसमेत सुरक्षित रहने गरी अध्यागमन विभागले नयाँ प्रविधिको सुरुवात गरेको छ । विभागले विदेशीहरूको प्रवेश एवं प्रस्थानलाई नियमन एवं नेपाली नागरिकहरूको प्रस्थान र आगमनलाई व्यवस्थित गर्दै अध्यागमन सुरक्षालाई बलियो बनाउन नयाँ प्रविधिसहितको प्रणालीको सुरुवात गरेको हो । सो प्रविधिलाई ‘नेपाली पोर्ट’ नाम दिइएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट स्विच थिचेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नेपाली पोर्ट’ सफ्टवेयरको उद्घाटन गरेका हुन् ।  नेपाली विज्ञ र अध्यागमन विभागका प्राविधिकहरूले एक वर्ष लगाएर बनाएको सो प्रविधि प्रयोगमा आएसँगै नेपाल आउने तथा बाहिरिने हरेक विदेशी नागरिकको आंैठाछाप र आँखाको नानीको रेकर्ड विभागसँग रहनेछ । सो सफ्टवेयरले नेपाल आउने र विदेश जाने सबैको जाँचपड्ताल कम्प्युटर प्रणालीबाटै गर्नेछ ।

प्रकाशित मिति: : 2020-01-28 22:25:56

प्रतिकृया दिनुहोस्