विद्याकी देवीबाट लक्ष्मी प्राप्त गर्ने चटाराे

 अजय शाह

जनकपुर
तस्बिर : नेपाल लाइभ

जनकपुर- बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका लागि तराई मधेसमा सहरदेखि ग्रामिण क्षेत्रसम्मका कालीगढहरुलाई अहिले फुर्सद छैन। बिहिबार मनाइने सरस्वती पूजाका लागि मूर्तिकार माटोका मूर्ती बनाउन खटिरहेका छन्। एक महिना अघिदेखि मूर्ति बनाउन सुरु गरेका कालीगढहरु अहिले विभिन्न आकारका मूर्तिहरुलाई अन्तिम रुप दिन व्यस्त छन्।

भाेलि नै पूजा भएको हुँदा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले कालीगढहरु अहिले सजावट तथा रंगरोगनमा जुटेका छन्। अरु बेला खासै आम्दानी गर्न नसके पनि यस्ता उत्सवहरुमा आम्दानी राम्राे हुने उनीहरु बताउँछन्। मूर्तिकै कमाइबाट घर खर्च र छोराछोरीको शिक्षाका लागि रकम जुट्ने गरेकाे उनीहरु बताउँछन्।

प्रकाशित मिति: : 2020-01-30 00:06:55

प्रतिकृया दिनुहोस्