बेल रियल मड्रिडमै रहन्छन् : प्रशिक्षक जिदान

कुनै समय विश्वको सबैभन्दा महंगा खेलाडी रहेका ग्यारेथ बेलको भविष्य अहिले अनिश्चित छ।

वेल्सका खेलाडी बेलले रियल मड्रिडमा राम्रो खेल देखान सकेका छैनन्।  प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया फरवार्ड बेल प्राय टिम बाहिर नै राख्ने गरेका छन्।

बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन्। त्यसैले बेलाबेलमा बेलले कल्ब छाड्ने भन्दै बिभिन्न समाचारहरु प्रकाशित भइरहेका हुन्छन्।

उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र उनको पुरानो क्लब टोटनह्यामले चासो देखाएका थिए। यस्तै जर्मन च्याम्पियन बार्यन म्युनिखले पनि उनमा चासो देखाएको छ। यस्तै चाइनिज सुपर लिग क्लब जाने सम्भावना पनि थियो।

यसैबीच टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसँग वेल्सका कीर्तिमानी गोलकर्ता बेलको सरुवाको बिषयमा छलफल गरेका थिए।

 तर प्रशिक्षक जिनेदिन जिदानले बेल रियल मड्रिडमै रहने बताए। ‘म उनी जाने सम्भावनाको बिषयमा बिचार गर्न सक्दिन।’ उनले भनेका छन्।। जिदानले यसअघि बेल क्लब छोड्ने प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका थिए।

‘उनी हामीसँग छन्। हामी सबै खेल्नका लागि यहाँ छौ। उनी समेत तयार छन्।’ उनले थपे।

मड्रिडसँगको बेलको सम्झौता तीन वर्ष बाँकी छ। उनी सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट मड्रिड गएका गएका हुन्।

रियलबाट उनले चारपटक च्याम्पियन्स लिग, एकपटक ला लिाग, एक पटक कोपा डेल रे, तीन पटक युइएफए सुपर कप र तीन पटक क्लब वर्ल्ड कपको उपाधि जितेका छन्।
 

प्रकाशित मिति: : 2020-02-01 20:07:16

प्रतिकृया दिनुहोस्