प्रिमियर लिग: टोटेनह्यामसँग म्यान्चेष्टर सिटी स्तब्ध

इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामसँग म्यान्चेष्टर सिटी स्तब्ध बनेको छ। 

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटीलाई टोटेनह्यामले २–० गोलले स्तब्ध बनाएकाे हाे। 

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो। 

६३ औं मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै घरेलु टाेली टोटेनह्यामलाई अग्रता दिलाए।

यता ७१ औं मिनेटमा सन ह्युङ मिनले टोटेनह्यामका लागि दोस्रो गोल गर्दै २–० गोल अन्तरको जित सुनिश्चित गरे।

जितसँगै टोटेनह्याम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो। सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-03 20:16:43

प्रतिकृया दिनुहोस्