अमेरिकाद्वारा ओमानसमक्ष २ सय १४ रनको लक्ष्य प्रस्तूत

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ।

अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको हो।

अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ६ चौका प्रहार गरेका थिए।  यस्तै ५३ बलमा ३ चौका र २ छक्कासहित अक्षय होमराजले ४४ रनको योगदान दिए। 

यता मोनक पटेल १९ र तिमिल पटेल १६ रनमा आउट भए।

ओमानका मोहमद नदीमले ३ विकेट लिए । कप्तान जिशान मकसुद, बिलाल खान र अकीब इलियास २–२ विकेट लिए । कलीमुल्लाहको नाममा १ विकेट रह्यो ।

प्रकाशित मिति: : 2020-02-07 01:47:47

प्रतिकृया दिनुहोस्