बिगबास लिग: सन्दीप बिनै मेलवर्न दोस्रो पटक पुग्याे फाइनलमा

बिएल संवाददाता

काठमाडाै‌ं

मेलवर्न स्टार्स लगातार दोस्रो पटक बिगबास लिगको फाइनलमा पुगेको छ।

बिहबिार भएको खेलमा सिड्नी थण्डरलाई २८ रनले पराजित गर्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित टोली मेलवर्न फाइनलमा पुगेको हो। सन्दीप भने टिममा छैनन्। बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल– ओमान र अमेरिकाबीचकाे  त्रिकोणात्मक सिरिज खेल्न उनी नेपाल आएका छन्।

मेलवर्नले दिएको १९५ रनको लक्ष्य पछाएको सिड्नी २० ओभरमा ८ विकेट गुमाउदै १६६ रनमा समेटिएको थियो।

सिड्नीका लागि एलेक्स रोसले ५८ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्जुन नाइरले ३०,उस्मान ख्वाजाले २३ र क्रिस मोरिसले २१ रन बनाएर आउट भए।

मेलबर्नक हरिस राउफले ३ विकेट लिए। यस्तै एडम जाम्पा र नाथन कल्टरले समान २ विकेट लिए।

यसअघि मेलवर्नले टस जितेर पहिला ब्याटिग गर्दै २० ओभरमा २ विकेट गुमाउदै १९४ रन बनाएको थियो।

मेलबर्नका लागि निक लार्किनले अविजित ८३ रन जोड्दा मार्कुस स्टोनिसले ८३ रन नै बनाए। लार्किनले ८३ रन बनाउँदा ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। यता स्टोनिसले समान रन बनाउन ७ चौका र ३ छक्का प्रहार गरेका थिए। 

 सिड्नीका लागि क्रिस मोरिसले २ विकेट लिए।

अब फाइनल खेल मेलवर्न स्टार्स र सिड्नी सिक्सर्सबीच फेब्रुअरी ८ मा हुनेछ। 

प्रकाशित मिति: : 2020-02-07 06:53:10

प्रतिकृया दिनुहोस्