फास्ट बलर आर्चरले गुमाए आईपीएल

इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन्।

दक्षिण अफ्रिका भ्रमणको दौरान जोफ्राले दाहिने हातको कुहिनाको चोट बोकेका थिए। जसको कारण २४ वर्षे बलर जोफ्राले अन्तिम टेष्ट समेत गुमाएका थिए।

बुधबार चोटको स्क्यान गरेर हेर्दा उनले कम्तिमा ३ महिना विश्राम गर्नु पर्ने देखिएको छ।

दाहिने हातको चोटको कारण जोफ्राले आउन लागेको आईपीएलको सिजनका खेलहरु गुमाउने भएका हुन्।

मार्चको अन्तिममा आईपीएल सुरु हुँदैछ। जोफ्रा राजस्थान रोयल्समा रहेका छन्।

प्रकाशित मिति: : 2020-02-07 10:39:48

प्रतिकृया दिनुहोस्