सुनसान संघाई, एक नेपाली भन्छन्— तीन हप्तादेखि घरमै छु

संजोग आचार्य

न्युयाेर्क

सधै ब्यस्त रहने संघाईका सडक हिजाेआज सुनसान छन्। ब्यापार र ब्यवसायका कारण प्राय: कोलाहल रहने यहाँका बस्ती पनि यति बेला चकमन्न छ । पसल तोकिएको समयमा खुल्छन्। दैनिक जीवनका उपभोग्य वस्तु एकै पटक खरिद गर्नुपर्ने अवस्था छ। सामान खरिद गर्न बाहिर निस्कदा मास्क अनिवार्य लगाउनु पर्ने बाध्यता छ। कोरोना भाइरसको आतंकले चीनमा मानिसकाे दिनचर्या नै फेरिएको छ।
 
यस्तै विगत १५ बर्षदेखि चीनको संघाईमा बसोबास गर्दै आएका जीवन थापा कार्यालय नगएकै तीन हप्ता बितिसकेकाे छ। उनी प्रायजसाे काम घरबाट गरिएका छन्। विश्वकै ठूलो अर्थतन्त्र भएकाे देश चीनको संघाईमा उनी फूड एन्जाइम कम्पनीमा बिजनेस डेभलोपमेन्ट मेनेजरको रुपमा लामाे समयदेखि कार्यरत छन्। उनकाे यही फेब्रुअरीमा फिलिपिन्स जाने कार्यक्रम तय थियो।

तर, कोरोना भाइरसको आतंकका कारण त्यहाँको कम्पनीले उनकाे भ्रमण नै रद्ध भएको सूचना पठायो। ब्यापारको सिलसिलामा अमेरिका, फ्रान्सलगायत यूरोपेली देशको भ्रमण गरिरहेका थापाले अहिले कोठामा थुनिनु परेकाे छ।
 
बिएल नेपाली सेवासँग कुरा गर्दै थापाले भने, ‘यो फेब्रुअरीको अन्तिममा फिलिपिन्सको मनिलामा ब्यापार प्रबर्द्धनको कार्यक्रम थियो। त्यो पनि रद्ध भयो।’

कोरोना भाइरसकाे त्रास बिस्तारै संघाईमा पनि फैलिन थालेकाे छ। संघाईमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ५७ नाघिसकेकाे छ। 
 
संघाईमा करिब तीन सयको हाराहारीमा नेपाली रहेको उनी बताउँछन्। भन्छन्, ‘नेपालीमा समस्या देखिएकाे छैन। तर, सावधानी अपनाउनै पर्याे।’ 

याे पनि: ७४ वर्षको उमेरमा अपाङ्ग छोरी स्याहार्दै बुढी आमै (भिडियाेसहित)

विगत २० दिनदेखि संघाईमा सबै कम्पनी बन्द रहेको र मानिसलाई कतिपय कम्पनीले घरबाट नै काम गर्न निर्दैशन दिइरहेको थापाले बताए।  चीनमा यही जनवरी २२ देखि ३० सम्म नयाँ बर्षको बिदा थियो। कोरोना भाइरसको त्रासले सरकारले बिदा दश दिन थप गरिसकेकाे छ। १७ फेब्रुअरीबाट खुल्नुपर्ने स्कुल अब मार्चमा मात्र खुल्ने छ। जीवन यति बेला आफू घरमै छोरी र श्रीमतीसँगै समय बिताइरहेकाे बताउँछन्।
 
थापाका अनुसार संघाईका केही महल अझ खुल्ला नै छन्। तर मासिन डरका कारण त्यहाँ जान मान्दैनन्। २४ घण्टा खुल्ला रहने महल बिहान ८ देखि साँझ ५ बजेसम्म खुल्छ । चीनमा अहिले ठूलो चुनौती आएको र यसले जनतामा भय फैलाएको उनको भनाई छ।
 
‘हामी डरले आत्तिएका छौ । धेरै मान्छेको निधन भइसकेको छ । अरु शहरकाे तुलनामा संघाईमा खासै छैन। तर पनि यो प्रकोप अझ बढ्ने भय छ । अहिले नयाँ बर्षको बिदा भएकाले मानिसकाे त्यति आवतजावत छैन। तर अब फेब्रुअरी महामारी फैलिने त्रास संघाईमा छ,’ थापाले भने।


 

प्रकाशित मिति: : 2020-02-07 10:41:17

प्रतिकृया दिनुहोस्