दोस्रो संस्करणको भरतपुर गोल्डकप फागुन २४ देखि

बिएल संवाददाता

काठमाडाै‌ं

दोस्रो संस्करणको भरतपुर गोल्डकप फुटबल आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ।

ए‍.जे‍. इन्टरनेशनलको आयोजनामा हुने भरतपुर गोल्डकप फुटवल प्रतियोगितामा चैत्र ३ गतेसम्म चल्नेछ। 

प्रतियोगितामा  ६ वटा ए डिभिजनका र ४ वटा जिल्ला क्वलहरुको सहभागिता रहने छ।  प्रथम हुने टिमले १० लाख र दोस्रो हुने टिमले ५ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने ए.जे. इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत आलोकप्रताप राणाले जानकारी दिए।

हरेक दिन म्यान अफ दी म्याच हुने खेलाडीले १० हजारसहित ट्रफी, मेडल पाउनेछ। प्रतियोगिता भर उत्कृष्ट खेलाडीहरुलाई २० हजार, सर्वोत्कृट खेलाडीलाई ५० हजारसहित ट्रफि, मेडल प्रदान गरिने संयोजक राणाले बताए।

एन्फाको नियमअनुसार एक टिममा तीनजना विदेशी खेलाडीलाई खेलाउन दिने र उनीहरुको वर्क परमिटसमेत हेरिने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-08 05:48:13

प्रतिकृया दिनुहोस्